इरानमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँ मानिस भेला
barnanmedia.com · Sat Jul 04 21:45:00 GMT 2026

इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न तेहरानस्थित ग्रान्ड मोसल्ला परिसरमा लाखौँ मानिस भेला भएका छन् । शिया परम्पराअनुसार कालो पोसाक लगाएका श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले छाती पिट्दै शोक व्यक्त गरेका छन् । यस क्रममा ‘रगत बग्नेछ’, ‘अमेरिका मुर्दावाद’ र ‘बदला, बदला’ जस्ता नारासमेत घन्किएका छन् ।
खामेनीको अन्त्येष्टिसम्बन्धी कार्यक्रम जुलाई ३ देखि सुरु भएको हो, जुन जुलाई ९ सम्म सञ्चालन हुनेछ । शुक्रबार सम्पन्न कार्यक्रममा एक सयभन्दा बढी देशका प्रतिनिधिहरू सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)