युद्धले आयातमा अवरोध आएपछि इराकमा इन्धन अभाव
gorkhapatraonline.com · Sat Sep 05 11:41:14 GMT 2026

मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको कारण शनिबार बगदादमा इन्धन स्टेशनमा लामो लाइन लागेको जनाइएको छ । पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ्दै जाँदा, बगदाद र अन्य प्रान्तमा सरकारद्वारा सञ्चालित इन्धन स्टेशन बाहिर लामो लाइन लागेको जनाइएको छ ।
इराकको पेट्रोलको औसत दैनिक खपत तीन करोड ३० लाख लिटर छ, तर अधिकारीहरूका अनुसार मानिस अभावका कारण माग बढेर तीन करोड ८० लाख पुगेको छ । क्षेत्रीय घटना र चलिरहेको द्वन्द्वले इराकी बन्दरगाहमा तिनीहरूको आगमनमा ढिलाइ गर्दै ट्याङ्कर आवागमनमा चुनौती निम्त्याइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)