ब्याडमिन्टनमा भक्तराज र सुस्मिता च्याम्पियन
baahrakhari.com · Wed May 20 17:29:05 GMT 2026
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका भक्तराज जोशी १५औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्सको च्याम्पियन बनेका छन् । बुधबार भएको फाइनलमा उनले कृषिका राजकुमार निरौलालाई २१–१८ र २१–१६ ले पाखा लगाए ।
सो स्पर्धाको महिलामा नेपाल नागरिक उड्डयन प्राधिकरणकी सुस्मिता रावत विजेता बनिन् । सुस्मिताले उपाधि भिडन्तमा विद्युत्की यामकुमारी गुरुङलाई सीधा सेटमा २१–१४ र २१–६ ले पन्छाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)