भोटेकोशी बाढीपछि मध्यपश्चिम विश्वविद्यालयका स्नातक तहका सबै परीक्षा स्थगित
kalakarmi.com · Fri Aug 28 03:39:02 GMT 2026

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयले स्नातक तहअन्तर्गत सञ्चालन हुने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । बुधवार भोटेकोशी नदीमा आएको भीषण बाढीपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले बिहिवार सूचना जारी गर्दै एमआईसीडीबाहेक स्नातक तहअन्तर्गतका सम्पूर्ण स्कुलका परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)