नागढुङ्गा-मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था
kalakarmi.com · Fri Aug 28 03:37:47 GMT 2026

काठमाडौं- अविरल वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण काठमाडौं जोड्ने प्रमुख नाकासहित देशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान सडकको अवस्था सार्वजनिक गर्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रहरीका अनुसार बाढीको सम्भावित जोखिमका कारण काठमाडौंको नागढुङ्गादेखि मुग्लिङ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । यस्तै, रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् भने त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले गर्दा लामो समयसम्मका लागि सडक बन्द भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)