परिवारले काजकिरिया सुरु गरिसकेको थियो, बाढीको ११ औँ दिनमा फेला परिन् चण्डिका
deshsanchar.com · Sat Sep 05 12:11:39 GMT 2026

काठमाडौँ- भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले कयौँ दिनसम्म चण्डिका श्रेष्ठको खोजी गरे तर उनी कहिँ कतै फेला परिनन्। बाढी आएको आठ दिनसम्म कुनै अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको काजकिरिया सुरु गरिसकेको थियो। मृत्यु संस्कारकै बीच बाढीको ११ औँ दिनमा प्रहरीले ६४ वर्षीया चण्डिकालाई जीवितै उद्धार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)