कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनले राज्यको जिम्मेवारीबारे गम्भीर प्रश्न उठायो : कुलमान
nagariknews.nagariknetwork.com · Fri Jun 05 04:25:03 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय भेषराज दर्जीको निधनको खबरले अत्यन्त दुःखी र स्तब्ध बनाएको बताएका छन्। उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुम्बासीलाई व्यवस्थापन गर्ने स्पष्ट र दिगो योजनाबिना सुरक्षा बल परिचालन गरी बस्ती हटाउने कार्यले गम्भीर मानवीय संकट निम्त्याएको देखिएको उनको तर्क छ। उनका अनुसार घरबारविहीन बनाइएका नागरिकमध्ये हालसम्म तीन जनाले ज्यान गुमाइसकेको दुखद अवस्था रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)