सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट
nepalviews.com · Fri Jun 05 04:30:50 GMT 2026

सर्लाही। सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास घाइते भएका छन् ।
दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए । उनका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)