बाजुरामा वीरेखोलाको वितण्डा : २३ परिवार विस्थापित, बगरमा परिणत भयो धानखेत
baahrakhari.com · Sat Sep 05 13:04:03 GMT 2026

बाजुरा । वीरेखोलामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन् । गएरातिदेखि अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका हुन् ।
वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोलामा ठूलो बाढी आएको स्थानीय लालसिंह साउदले बताए । “गएराति करिब ८ः०० बजे अविरल वर्षापछि वीरेखोलामा एक्कासी ठूलो बाढी आयो । त्यसपछि घरबाहिर निस्क्यौँ, अहिलेसम्म न खाना छ, न त बास”, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)