राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण
onlinekhabar.com · Fri Aug 28 00:37:14 GMT 2026

१२ भदौ, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण भएको छ । धनुषा सुरेन्द्र शाहको साउन २७ गते कलेजो प्रत्यारोपण भएको थियो । ४८ वर्षीय साहलाई उनकी श्रीमती ३५ वर्षीय कृष्ण देवी साहले आधा कलेजो दान गरेकी हुन् ।
साह भदौ ८ गते अस्पतालबाट डिस्चार्ज भएका छन् । दाता कृष्ण देवी ११ गते डिस्चार्ज भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)