निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
barnanmedia.com · Sat Jul 04 23:56:43 GMT 2026

घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उहाँ अस्पताल जानुभएन ।
घर नजिकै घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा जानुभयो । त्यहाँ पुगेपछि उहाँको पाठेघरमा घाउ भएको पत्ता लाग्यो । उपचारमा गएका स्वास्थ्यकर्मीले औषधिले निको हुन्छ नआत्तिनुहोला भनी सम्झाइबुझाई गरी औषधि दिएर पठाए । घरछेउमा स्वास्थ्य सेवा पाएपछि खुसी लागेको पोखरेलले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)