दर्जनौँ चलचित्र खेलेकी वृद्धा कलाकारलाई धर्मशालाको गेटमै छाडेर भाग्यो ट्याक्सी
nayapatrikadaily.com · Mon Jul 26 11:27:00 GMT 2021
साउन १० गते, आइतबार दिउँसो १ बजेतिर गौशालाको धर्मशालाअघि एउटा ट्याक्सी रोकियो । ट्याक्सीबाट अज्ञात व्यक्तिहरूले एक वृद्धा र लुगाको पोको बाहिर निकाले । वृद्धालाई त्यहीँ धर्मशालाको गेटमा छाडे । र, उनीहरू ट्याक्सीमा चढेर भागे ।
लुगाको पोकोसँग अलपत्र परेकी वृद्धालाई धर्मशालाका एकाउन्टेन्ट दामोदर पाण्डेले सोधपुछ गरे । वृद्धाले आफू पुरानो कलाकार भएको र बस्नका लागि आश्रम खोजिरहेको बताइन् । वृद्धाले कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको नाम पनि लगातार लिइरहिन् । डायरीमा अध्यक्ष खड्काको नम्बर पनि बोकेकी थिइन् । पाण्डेलाई डायरी नै दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)