भोटेकोशी बाढीमा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
lokaantar.com

सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट तत्काल १५ लाख रूपैयाँ र ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि,२०७९’ बमोजिम पाँच लाख तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम पाँच लाखसमेत गरी कूल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)