यूएईले नेपालका बाढीपीडितलाई साढे एक अर्ब आर्थिक सहयोग गर्ने
kendrabindu.com · Fri Aug 28 03:48:20 GMT 2026

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न एक करोड अमेरिकी डलर (१ अर्ब ५२ करोड रुपैयाँ) सहयोग घोषणा गरेको छ ।
यो सहयोग यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा घोषणा भएको हो । सहायता यूएई सहायता एजेन्सीमार्फत गरिने जनाइएको छ । यूएई सहायता एजेन्सीका टोलीहरू हाल सम्बन्धित स्थानीय अधिकारीहरू र अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)