देशमा काम गर्ने नेतृत्व आवश्यक छ : कांग्रेस प्रवक्ता
ratopati.com
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । भोजपुरको पूर्वी तिवारी भञ्ज्याङमा आयोजित गठबन्धन दलको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका डा.महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताएका हुन् ।
डा.महतले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताए । समग्र भोजपुरको विकासका लागि मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वामगठवन्धनका उम्मेदवारहरूलाई जिताउनुको विकल्प नरहेको समेत डा.महतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)