विश्वकप २०२६ : मोरक्को क्वाटरफाइनलमा
kendrabindu.com · Sun Jul 05 00:34:51 GMT 2026
ह्युस्टन । अजेडिन ओउनाहीले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा मोरक्को विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल पुग्ने पहिलो टोली बनेको छ । मोरक्कोले शनिबार सहआयोजक क्यानडालाई अमेरिकाको डालासमा भएको खेलमा ३–० ले पराजित गर्यो ।
पहिलो हाफमा क्यानडाले एकोहोरो आक्रामण गरे पनि दोस्रो हाफमा मोरक्कोले खेल पल्टाएको थियो । अचरफ हाकिमीको फ्रिकिक पासमा ओउनाहीले ५० औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले ८२ औं मिनेटमा दोस्रो गोल गरे । यसपटक उनले ब्राहिम डियाजको पासलाई सदुपयोग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)