नारायणघाट–बुटवल सडकमा बाँदरलगायत वन्यजन्तुका लागि क्यानोपी ब्रिज निर्माण
shilapatra.com · Sun Jul 05 00:32:00 GMT 2026

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वीखण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत रुखमा बस्ने वन्यजन्तुलाई सडक सुरक्षित रूपमा वारपार गराउन ‘ओभरहेड क्यानोपी ब्रिज’ निर्माण गरिएको छ ।
जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट–बुटवल सडक आयोजना (पूर्वीखण्ड) अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट जंगलस्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो । वन क्षेत्रहुँदै सडक विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)