डा. रामानन्द गिरिको स्मृतिमा उपत्यकाव्यापी वक्तृत्वकला सम्पन्न
farakdhar.com · Wed Jul 27 16:57:01 GMT 2022
महेश संस्कृत गुरुकुल, देवघाटले बुधबार उपत्यकाव्यापी प्रज्ञा वक्तृत्वकला सम्पन्न गरेको छ । गुरुकुलका संस्थापक डा.स्वामी रामानन्द गिरिको पाचौँ स्मृतिदिवसका अवसरमा आयोजित प्रतियोगितामा उपत्यकाका ४६ वटा विद्यालयका छात्रछात्राले भाग लिएका थिए।
महेश संस्कृत गुरुकुल तथा महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरिको सभाध्यक्षता रहेको त्यस सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा.जगमान गुरुङ प्रमुख आतिथ्य रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)