दुई दशकदेखि जीर्ण सिद्धिचरण लोकमार्ग अब बन्ने, ३ अर्ब ९४ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
nagariknews.nagariknetwork.com · Sat Sep 05 14:02:51 GMT 2026

सिरहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्तरोन्नति हुने भएको छ। दुई दशकदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि सरकारले ३ अर्ब ९४ करोड ५४ लाख ९८ हजार २ सय ९१ रुपैयाँ बजेट सुनिश्चित गरेपछि ठेक्का प्रक्रिया अघि बढेको हो।
कटारीको मरुवादेखि घुर्मीसम्मको ४६ किलोमिटर सडकमध्ये पहिलो चरणमा मरुवा–बेतिनी १५ किलोमिटर र बेतिनी–गहुँबारी १२.५ किलोमिटर गरी २७.५ किलोमिटर सडक स्तरोन्नति गरिनेछ। उक्त कामका लागि ५७ वटा बोलपत्र परेको र मूल्यांकनपछि आशयपत्र प्रकाशन गर्ने तयारी भइरहेको योजना प्रमुख डीई विवेक पाण्डेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)