सरकारको १०० दिन : पर्यटन मन्त्रालयका १० उपलब्धि
kendrabindu.com · Sun Jul 05 00:57:03 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिन पूरा गरेको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन, उड्डयन र सांस्कृतिक क्षेत्रका विभिन्न नीतिगत सुधार तथा सेवा प्रवाहका उपलब्धिहरू सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा हवाई सेवा र पर्यटन प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी, आरोग्य पर्यटन रणनीति कार्यान्वयन तथा सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा प्रगति भएको दाबी गरेको छ ।
मन्त्रालयले हवाई टिकट बिक्री प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन नेपालमा सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीका टिकट अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत बिक्री गर्ने व्यवस्था लागू गरेको जनाएको छ । यससँगै पर्वतारोहण अनुमति, राजस्व भुक्तानी, अनुमति प्रमाणपत्र, डिब्रिफिङ प्रतिवेदन तथा प्रमाणपत्र वितरणलगायतका सेवा पनि डिजिटल माध्यमबाट सञ्चालनमा ल्याइएको छ । होटल तथा क्यासिनोसँग सम्बन्धित अधिकांश प्रशासनिक सेवासमेत क्रमशः अनलाइन प्रणालीमा आबद्ध गरिएको मन्त्रालयले दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)