बाढीमा हराएका आफ्ना कर्मचारी पहिचानका लागि डीएनए परीक्षण गर्दै प्राधिकरण
onlinekhabar.com · Sat Sep 05 14:13:26 GMT 2026

२० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन् । प्राधिकरणले बेपत्ता कर्मचारीहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिए पनि धेरैको अवस्था अझै अज्ञात रहेकाले पहिचानका लागि ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको छ ।
प्राधिकरणका अनुसार बाढीले माथिल्लो त्रिशुली ३ ए, त्रिशुली ३ बी हब, चिलिमे–त्रिशुलीलगायत संरचनामा ठुलो क्षति पुर्याएको छ । खोज तथा उद्धारका क्रममा हालसम्म माथिल्लो त्रिशुली ३ ए बाट दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जनाको शव प्राप्त भएको छ । बाँकी ४७ जना कर्मचारीहरू अझै फेला परेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)