इजरायली प्रधानमन्त्री नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
nepalnews.com · Sun Jul 05 01:09:49 GMT 2026

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने भएका छन्। इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन संवादमा दुवै नेताले अमेरिकामा चाँडै भेट्ने सहमति गरेका हुन्।
प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेतन्याहुले अमेरिका स्थापनाको २५०औँ वर्षगाँठका अवसरमा अमेरिकी जनता र राष्ट्रपति ट्रम्पलाई इजरायल तथा इजरायली नागरिकका तर्फबाट बधाई दिएका थिए। उनले अमेरिका विश्वमा स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै इजरायलले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई उच्च महत्व दिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)