नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
rajdhanidaily.com · Sat Sep 05 14:36:45 GMT 2026
काठमाडौं । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् ।
जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल भएका छन् । प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)