यी जिल्लामा आज छ बाढीको ‘अलर्ट’
himalpress.com · Sun Jul 05 01:14:04 GMT 2026

काठमाडौँ- सुर्खेत, दैलेख र अछाममा वर्षा अझै जारी रहने सम्भावना भएको जानकारी दिँदै बाढी पूर्वानुमान महाशाखाले जिल्लावासीलाई सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले आज आइतबार बिहान ५:३० बजे सूचना जारी गरी भनेको छ, ‘पछिल्लो ३ घण्टामा सुर्खेत, दैलेख र अछाम जिल्लाका वर्षा मापन केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सो क्षेत्र भई वहने ससाना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाइराखौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)