८८ बाढीपीडितको उपचार जारी, घाइतेमा ३ महिने शिशुदेखि ८० वर्षका वृद्धसम्म (सूचीसहित)
ratopati.com · Fri Aug 28 03:52:32 GMT 2026

काठमाडौँ । रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ। गृह मन्त्रालय र स्वास्थ्य संस्थाहरूले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म ८८ जना घाइतेहरूलाई काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ।
काठमाडौँ ल्याइएका घाइतेहरूमध्ये सबैभन्दा धेरै शिक्षण अस्पताल , महाराजगन्जमा ४० जना र राष्ट्रिय ट्रमा सेन्टरमा ३१ जनाको उपचार भइरहेको छ। यस्तै, वीर अस्पतालमा ६ जना, वीरेन्द्र सैनिक अस्पतालमा १, मनमोहन अस्पतालमा २ र ग्रीन सिटी अस्पतालमा १ जनाको उपचार भइरहेको छ। घाइतेहरूमध्ये हालसम्म २७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ६१ जना अझै उपचाररत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)