अक्सिडेन्टल पब्लिक स्कुलद्वारा बाढी प्रभावितका लागि २ लाख ५१ हजार सहयोग
nepallive.com · Sat Sep 05 14:49:58 GMT 2026

काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको सामूहिक सहभागितामा रकम संकलन गरी सहयोग गरिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)