संविधान संशोधन बहसपत्र यही महिनाभित्र सरकारलाई बुझाउने
corporatenepal.com · Sun Jul 05 01:19:38 GMT 2026

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलले असार मसान्तभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको जनाएको छ । नयाँ सरकार गठन भएको सय दिन पूरा भएको अवसरमा शनिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कार्यदलका संयोजक तथा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनका अनुसार कार्यदलले संविधान संशोधनसम्बन्धी मस्यौदा तयार पार्ने कामलाई तीव्रता दिएको छ र असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश गर्ने लक्ष्य राखिएको छ । शाहले संविधान संशोधनका विषयमा व्यापक परामर्श गरिएको पनि बताए । उनका अनुसार सरोकारवाला निकाय, संविधानविद् तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर छलफल गरी सुझाव संकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)