लगातार आठ खेलमा मेसीको गोल
barnanmedia.com · Sun Jul 05 01:30:10 GMT 2026
विश्वकप फुटबल २०२६ मा केभ भेर्डेविरुद्ध गोल गरेर अर्जेन्टिनाका लियोनेल मेसीले लगातार आठ विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान राख्नुभएको छ । पछिल्ला आठ विश्वकपमा मेसीले कुल १२ गोल गर्नुभएको छ । नवप्रवेशी केप भेर्डेविरुद्ध खेलको २९ औँ मिनेटमा मेसीले गोल गर्नुभयो । जुन विश्वकपका सर्वाधिक गोलकर्ता मेसीको २० औँ गोल भएको छ ।
विश्वकपका सर्वकालीन सर्वाधिक गोलकर्ता मेसीलाई फ्रान्सका किलियन एमबापेले पछ्याउँदै हुनुहुन्छ । मेसीभन्दा एमबापे मात्र दुई गोलले पछाडि हुनुहुन्छ । चालु विश्वकपमा मेसीले सात गोलसहित सर्वाधिक गोलकर्ताको होडमा एकल अग्रता बनाउनुभएको छ । यस दौडमा पनि मेसीलाई एमबापेले नै चुनौती दिइरहनुभएको छ । एमबापेले यस विश्वकपमा छ गोल गर्नुभएको छ । यसै गरी नर्वेका इर्लिङ हालान्ड र इङ्ग्ल्यान्डका हेरी केन पनि पाँच/पाँच गोलसहित गोल्डेन बुटको होडमा रहनुभएको छ । यस विश्वकपमा फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयरजाबल, ब्राजिलका भिनिसियस जुनयर र सेनेगलका इस्माइला सारले चार/चार गोल गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)