युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन
ratopati.com · Sat Sep 05 15:18:48 GMT 2026

रसिया । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताए ।
“उहाँहरूले राष्ट्रपति पुटिनसँग भेट वार्ता गर्नुहुनेछ । सामान्यतया विगतमा यस्ता भेटहरू निकै लामो हुने गरेका छन् । हामी पर्खेर हेरौँ। यसबारे हामी छिट्टै तपाइहरूलाई जानकारी दिनेछौँ,” पेस्कोभले पत्रकारसँगको कुराकानीमा भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)