दैलेख दुर्घटना : न गाडी भेटियो, न त यात्रु नै !
annapurnapost.com · Sun Jul 05 01:55:13 GMT 2026

दैलेख : बिहीबार बिहान साढे ११ बजे कर्णाली राजमार्गमा एक यात्रुवाहक फोर्स गाडी दुर्घटनामा पर्यो। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटनामा परेको हो।
सडकबाट करिब ५ सय मिटर तल कर्णाली नदीमा खसेको सो गाडी ३ दिन बितिसक्दासमेत भेटिएको छैन भने यात्रुहरू पनि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकका अनुसार शनिबार साँझसम्म कर्णाली नदीमा खसेको गाडी र यात्रुहरू फेला परेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)