चितवनमा जंगली हात्तीको आक्रमणमा आमा र बच्चाको मृत्यु
kendrabindu.com · Sun Jul 05 02:26:34 GMT 2026

चितवन । जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र चार वर्षे छोराको ज्यान गएको छ । उनीहरू अल्पसंख्यक बोटे समुदायका हुन् । हात्ती धपाउन आगो बाल्न खोज्दा उनीहरू बस्ने कच्ची घरमा पनि आगलागी भएको छ । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । घटना शनिबार मध्यरातमा भएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार भरतपुर महानगरपालिका-२३ बेलहट्ठाका पूर्ण बोटेको घरमा जंगली हात्तीले आक्रमण गरेको हो । उक्त ठाउँ चितवन राष्ट्रिय निकुञ्जको आडमा छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवले जंगली हात्तीले आक्रमण गर्दा पूर्णकी श्रीमती २५ वर्षकी आशिका बोटे र चार वर्षका छोरा भरतको निधन भएको जानकारी दिए । घरमा सुतिरहेका उनीहरूलाई राति ११ बजेतिर हात्तीले अचानक आक्रमण गरेको हो । उनीहरूको घटनास्थलमै निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)