डोल्पामा बाढीमा परी एक महिलाको मृत्यु, दुई बालबालिकासहित ६ जना घाइते
barnanmedia.com · Sun Jul 05 02:13:06 GMT 2026

लगातारको वर्षापछि आएको बाढीमा परी डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँकी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा हिलोमाटोसहितको बाढी गाउँमा पसेपछि घरमै सुतिरहेकी स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीले बताए। बाढीमा घाइते भएकी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी गिरीको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)