भद्रपुर र दमकमा निकालियो राधाकृष्ण रथयात्रा
annapurnapost.com · Sat Sep 05 15:47:31 GMT 2026

झापा : झापाको सदरमुकाम भद्रपुर र दमकमा राधाकृष्ण रथयात्रा हर्सोउल्लासका साथ मनाइएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान् श्रीकृष्ण रथयात्रा निकालिने धार्मिक परम्पराअन्तर्गत यसवर्ष भद्रपुर र दमक रथयात्रा निकालिएको थियो। जिल्लामा भव्य तथा शान्तिपूर्ण रुपमा रथयात्रा सम्पन्न भएको जनाइएको छ।
जिल्ला सदरमुकाम भद्रपुरमा २४औँ भगवान् राधाकृष्ण रथयात्रा निकालिएको थियो। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्कीले रथमा भगवान् श्रीकृष्णको विशेष पूजाअर्चना गरे पश्चात् भद्रपुर—५स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट रथ निकालिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)