अँध्यारो सुरुङभित्रको ‘हेलो... हेलो...’ र जीवनको खोजी
lokaantar.com

भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा परेर धेरै नागरिक हराइरहेका छन् । कतिपय परिवार आफ्ना आफन्त फर्किने आशामा दिन गन्दैछन् भने कतिपयले शवसमेत फेला पार्न नसकेपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने पीडा भोगिरहेका छन् ।
यही निराशाबीच शुक्रबार बिहान माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रको सुरुङबाट आएको एउटा सानो आवाजले भने फेरि आशा जगायो । ‘हेलो... हेलो...’ सुरुङभित्र फसेका व्यक्तिको खोजीमा खटिएको नेपाली सेनाको टोलीका लागि त्यो आवाज जीवनको सङ्केत थियो । उद्धार टोलीका प्रमुख, प्रमुख सेनानी गङ्गा बरालले सुरुङभित्रतर्फ आवाज दिँदै ‘कोही हुनुहुन्छ..?’ भनेर सोध्दा उताबाट आएको त्यही मधुरो आवाज ‘हेलो... हेलो...’ले लामो समयदेखि अँध्यारो सुरुङभित्र खोजी गरिरहेको टोलीमा नयाँ उत्साह थप्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)