डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा महिलाको मृत्यु, चार घाइते
himalpress.com · Sun Jul 05 02:59:49 GMT 2026

काठमाडौँ- डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलो सहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ०३ः०० बजे आएको बाढी घरहरूमा पस्दा स्थानीय अन्दाजी ५५-५६ वर्षीया आनन्दा विक घरभित्र सुतिरहेको अवस्थामा पुरिएकी थिइन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाने क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)