भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
corporatenepal.com · Fri Aug 28 03:53:11 GMT 2026

काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने विश्वविद्यालय तहका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै देशभरका सम्बन्धित विश्वविद्यालयका उपकुलपतिलाई परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालयका अनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने पूर्वनिर्धारित सबै परीक्षा तत्कालका लागि रोक्नुपर्नेछ । स्थगित परीक्षाको नयाँ तालिका परिस्थिति अनुकूल भएपछि विश्वविद्यालयहरूले सार्वजनिक गर्नुपर्नेछ । त्यस्तै, भदौ १२ गते निर्धारित परीक्षामा विपद् वा अन्य कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि समेत उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)