सामाजिक सञ्जालमार्फत धम्कीः खोटाङमा एक महिलाको ज्यान गयो
gorkhapatraonline.com · Fri Jun 05 04:54:52 GMT 2026

सामाजिक सञ्जालमार्फत दिइएको निरन्तर मानसिक यातना सहन नसकेपछि खोटाङमा एक महिलाले आत्महत्या गरेको खुलेको छ। अश्लील शब्द प्रयोग गर्ने, अश्लील भिडियो पठाउने तथा महिलाको फोटो प्रयोग गरी अश्लील सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने धम्कीका कारण महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ निवासी ३२ वर्षीया देवी विष्ट कार्कीलाई सामाजिक सञ्जालमार्फत यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ गोगनेका ४९ वर्षीय कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)