बाढी पीडितलाई माछापुच्छ्रे गाउँपालिकाले साढे २० लाख सहयोग गर्ने
ratopati.com · Sat Sep 05 16:56:43 GMT 2026

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि साढे २० लाख सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख ५२ हजार जम्मा गर्ने निर्णय गरिएको पालिका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । गाउँपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्य स्वयंसेविकाहरूको तर्फबाट रकम सङ्कलन गरी प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)