दाउन्ने खण्डको सडक निर्माण अन्तिम चरणमा
nepalnews.com · Sun Jul 05 03:46:39 GMT 2026

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाले यस खण्डमा गरिएको कंक्रिट ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ। सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक बनावट, पहिरोको जोखिम र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै कालोपत्रेको सट्टा कंक्रिट ढलान प्रविधि अपनाइएको हो ।
उनले सडकको निर्माण डिजाइनअनुसार गरिएको र भार नियन्त्रणलगायतका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन भए ढलानको आयु ४० वर्षसम्म पुग्न सक्ने बताए । यसबाट दाउन्ने सडकखण्डमा वर्षौंदेखि यात्रुले भोग्दै आएको सास्ती अन्त्य हुने विश्वास उनले व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)