आईसीसी विश्वकप लिग २ : जित्नैपर्ने दबाबमा नेपाल
annapurnapost.com · Sun Jun 01 16:32:46 GMT 2025
काठमाडौं : नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलाका खेलहरू खेल्दैछ। नेपालले भोलि (सोमबार)देखि स्कटल्यान्डमा सुरु हुने यस शृंखलामा घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई-दुई खेल खेल्नेछ।
यसअघि लिग २ अन्तर्गत १२ खेलमा मात्र ६ अंक जोड्न सफल नेपाल हालः ८ टोली सहभागी लिगको अंक तालिकाको पुछारमा छ। यो शृंखला नेपालका लागि अवे (विदेशी) मैदानमा अंक बटुलेर तालिकामा सुधार ल्याउने महत्वपूर्ण अवसर हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)