बाढी प्रभावितलाई पहिलो दिनको सबै आम्दानी दिने घोषणा गर्दै देशभर ‘पार्वती’ रिलिज
ratopati.com · Fri Aug 28 04:05:15 GMT 2026

काठमाडौँ । फिल्म ‘पार्वती’ले पहिलो दिनको आम्दानी भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावितहरूको सहयोगमा दिने भएको छ । निर्माण युनिटले बिहीबार साँझ राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको पहिलो दिनको देशभरको आम्दानी समर्पित गर्ने घोषणा गरेको हो ।
फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । देशभर सिंगल रिलिजको अवसर पाएको फिल्म अभिनेत्री निता ढुङ्गानाले निर्देशन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)