सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते
ratopati.com · Fri Apr 03 09:37:08 GMT 2026

काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–५ स्थित बिपी राजमार्गमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते भएका छन् ।
शुक्रबार काठमाडौँबाट जाँदै गरेको बा.४ ख ५०५२ नम्बरको हायस माइक्रो र खुर्कोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस ठोक्किएका हुन् । दुर्घटनामा परेर ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)