दाउन्ने सडकमा ३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान भयो
himalpress.com · Sun Jul 05 03:59:58 GMT 2026

काठमाडौँ- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस खण्डमा गरिएको ढलान (कङ्क्रिटिङ)को आयु कम्तीमा ३० वर्ष हुने आयोजनाले दाबी गरेको छ। सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का आयोजना निर्देशक चुडाराज ढकालकाअनुसार दाउन्नेको भौगोलिक अवस्था र सवारी चापलाई मध्यनजर गर्दै कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको हो।
३० वर्षको आयु सुनिश्चित हुनेगरी ढलान गरेको र यदि भार नियन्त्रण हुनसके र डिजाइन अनुसारका अन्य मापदण्डहरू पालना भए ४० वर्षसम्मै ढलान टिक्ने उनको दाबी छ। जसले नागरिकले दाउन्नेमा भोग्दै आएको सास्ती अन्त्य हुने उनले विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)