भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
ratopati.com · Sat Jun 13 18:19:52 GMT 2026

गण्डकी । भारतीय सहर कोलकातामा पोखरा र कोलकाताका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत शनिबार आयोजित ‘बिटुबी’ एवं ‘सेल्स मिसन’मार्फत पोखरा र कोलकाताबिच पर्यटन साझेदारीलाई अगाडि बढाइएको हो । त्यस क्रममा पोखराका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई आकर्षक ‘प्याकेज’ सहितको भ्रमण योजना प्रस्तुत गरेका थिए । भारतीय पर्यटन व्यवसायीले आगामी दिनमा थप भारतीय पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएको नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)