भोटेकोशी बाढी: काभ्रेबाट रु दुई करोड २२ लाख सहयोग
ratopati.com · Sat Sep 05 17:40:42 GMT 2026

काभ्रे । जिल्लाका नौ स्थानीय तहसहित विभिन्न वडा, सामाजिक, सहकारी तथा निजी संस्थाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि रु दुई करोड २२ लाख १३ हजार १११ सहयोग घोषणा गरेका छन् ।
यसअघि सात स्थानीय तह, जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका थिए । पछिल्लो पटक नमोबुद्ध नगरपालिकाले रु २७ लाख ५० हजार, भुम्लु गाउँपालिकाले रु ३० लाख, धुलिखेल उद्योग वाणिज्य सङ्घले रु एक लाख एक हजार, धुलिखेल खानेपानी तथा सरसफाइ समितिले रु एक लाख पाँच हजार र बनेपा नगरपालिका–७ स्थित सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु एक लाख ११ हजार १११ सहयोग गर्ने निर्णय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)