अधिकृत कुटपिट मुद्दामा आठ नगर प्रहरीविरुद्ध मुद्दा
annapurnapost.com · Sun Jul 05 04:30:51 GMT 2026

जनकपुरधाम : निगौल गाई गौशाला व्यवस्थापन कार्यालयकी प्रमुख कान्तिकुमारी पाण्डेलाई दुव्र्यवहार गर्दै हातपात गरेको आरोपमा नगर प्रहरीबिरुद्ध मुद्दा चलाइएको छ । गत विहीबार गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुव्र्यवहारको भिडियो सार्वजनिक भएपछि नगर प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले अपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको हो ।
निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तिकुमारी पाण्डेलाई दुव्र्यवहार गर्दै हातपात तथा कुटपिट गरेको आरोपमा पक्राउ परेका आठ जना नगर प्रहरीलाई जिल्ला अदालतबाट म्याद थप गरिएको जनाएको छ । पाण्डेले प्रहरीमा दिएको जाहेरीको आधारमा पक्राउ परेका गौशाला नगरपालिकाका आठ जना नगर प्रहरीविरुद्ध मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गेलेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)