गगन थापालाई पत्र लेखेर धनकुटाका १९ जनाले छोडे कांग्रेस
shilapatra.com · Sun Jul 05 04:35:00 GMT 2026

धनकुटाका १९ जना नेपाली कांग्रेसका सदस्यहरूले केन्द्रीय सभापति गगनकुमार थापालाई पत्र लेखेर पार्टीबाट अलग भएको घोषणा गरेका छन् । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले साधारण सदस्यसमेत नरहने गरी कांग्रेस पार्टी परित्याग गरेका हुन् ।
दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईसहितले लेखेको पत्रमा पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको र पछिल्लो समयका वैचारिक मतभेदका कारण पार्टी छोड्नुपरेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)