डोल्पाको जगदुल्लामा बाढी पस्यो, एक महिलाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Jul 05 04:32:17 GMT 2026

डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा गएराति आएको लेदोसहितको बाढी गाउँमा पस्दा ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तर वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो। बाढीमा घाइते भएकी आनन्दी विकलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)