कोशी प्रदेशमा ९ पदका लागि ७७ जनाको उम्मेदवारी
ratopati.com · Sun Nov 17 17:44:00 GMT 2024

विराटनगर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार कोशी प्रदेशका सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि ७७ जनाले उम्मेदवारी दिएका हुन् । ओखलढुङ्गा जिल्ला समन्वय समितिको सभापतिमा भने एकल उम्मेदवारी परेको छ । उक्त जिल्लामा जिल्ला समन्वय समितिको सभापतिका लागि नेपाली कांग्रेसबाट टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको हो । जिसस प्रमुखका लागि आफ्नो उम्मेदवार नउठाएर कांग्रेसलाई सघाउने नेकपा एमाले ओखलढुङ्गाले यसअघि नै निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)