सीमा कटाउनै लागेको अवस्थामा नेपाली बालिकाको उद्धार, भारतीय युवक पक्राउ
annapurnapost.com · Sun Jul 05 04:47:38 GMT 2026

झापा : झापाको काँकडभिट्टा-पानीट्याङ्की सीमा नाकाबाट एक १५ वर्षीया नेपाली बालिकाको उद्धार गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ४१ बटालियन टोलीले ती बालिकाको उद्धार गरेको हो । एसएसबीले सीमा नाकाबाटै उद्धार नगरेको भए ती निर्दोष बालिका मानव तस्करहरूको पन्जामा पर्न सक्ने अनुमान गरिएको छ ।
एसएसबीका अनुसार, पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाका एक युवकले ती नेपाली बालिकालाई झुटो सपना र राम्रो भविष्यको आश्वासन दिएर भारत लगिरहेका थिए । आरोपीले घटना हुनुभन्दा दुई दिनअघि मात्र ती बालिकालाई भेटेका थिए । यति छोटो समयमा ती युवकले बालिकाको विश्वास जितेर उनलाई आफूसँग सीमा पार लैजान राजी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)